‘कोरोनाको खोप माघ १४ बाट लगाउन सुरु हुन्छ’ : प्रधानमन्त्री केपी शर्मा ओली



कोरोना भाइरस विरुद्धको खोप यहि माघ १४ बाट लगाउन सुरु गरिने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन् । साथै उनले खोप अभियान चलाउन समूह समेत तयार पारसकेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा अग्रभागमा रहेर कोरोना विरुद्ध दिनरात खट्ने व्यक्तिलाई खोप लगाइने बताएका छन् । कोरोनाको महामारी अझै रहेकाले लापरवाही नगर्न सबैलाई अनुरोध गरेका छन् । आजभोली धेरैले कोरोनाको वास्तै नगरी बिना मास्क जताततै हिड्न थालेका छन् । त्यसका साथै अहिले नै पर्यात खोप पनि नआइसकेकाले सबै सुरक्षित रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्