विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध



मकवानपुर । जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विद्यार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप विद्यालय कोठा निर्माण गर्न लागेपछि यही पुस २५ गते भत्काएको बताइएको छ ।

कैया गाउँपालिका १ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको विद्यालयको प्राचार्य सरलोकुमार कछडियाले गुनासो गरे । कक्षा १ देखि ९ सम्म पठनपाठन हुने सो विद्यालयमा १०७ विद्यार्थी शिक्षाबाट बञ्चित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्