बेलायतमा कोभिडविरुद्ध खोप लिने पहिलो नेपाली : ७८ वर्षीय पूर्व गोर्खा सैनिक प्रेम जंग शाही



काठमाडौं । बेलायत बसोबास गर्ने ७८ वर्षीय पूर्व गोर्खा सैनिक प्रेम जंग शाही बेलायतमा कोभिडविरुद्धको खोप लिने पहिलो नेपाली भएका छन् ।

शाहीले बेलायतको लनडनस्थित उलवीच लेटनाइट फार्मेसीमा भ्याक्सीन लिएको हेल्थ सेन्टरका नेपाली डा.राजेन कँडेलले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

बेलायतमा ९० वर्ष माथिका स्वास्थ्यकर्मी तथा अन्य नागरिकले प्रयोगमा ल्याएपछि सरकारद्धारा स्वीकृतप्राप्त स्वास्थ्य संस्थाबाट खोप लिने पहिलो नेपाली भएको जानकारी पाएको नेपालमा व्यवसाय गर्ने शाहीका छोरा चुम्बन जंग शाहीले परिर्वतन खबरको कुराकानीमा बताए ।

प्रतिक्रिया दिनुहोस्