कोरोना विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रुपैयाँ खर्च लाग्ने



भारतले अनुदानमा बिहिबार दिएको कोरोना विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भणरण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भणरण केन्द्रमा पठाउते र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला जिल्ला पुर्याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘६ हजार ८ सय सरसफाइकर्मीले खोप पाउने भएका छन् । ५२ हजार स्वास्थ्य स्वयंसेविका भनिए पनि अहिले यो संख्या कम देखिएको छ,’ मन्त्रालयका अर्का अधिकारीले भने, ‘हालसम्म प्राप्त तथ्यांकअनुसार २ लाख २० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइनेछ । यो संख्या बढ्न पनि सक्छ ।’

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्