थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको स.ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय २६ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ८ सय ६८ पुगेको छ । अब नोपलमा मात्र ३ हजार ७ सय ९९ संक्रिय संक्रमित रहेका छन् ।

बितेको २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्