थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८३ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । अब नेपालमा मात्र ३ हजार ६ सय ९३ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्