थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु



पछिल्लो थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्छामा ४ सय ४१ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।

अब नेपालमा मात्र ३ हजार ७ सय ६४ रहेको छ ।

बितेको २४ घण्टामा ४ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरानाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्