थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको स.ख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७४ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ८ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्