भारतमा कोरोना भ्याक्सिन लगाएको २४ घण्टाभित्र अस्पतालका कर्मचारीको मृत्यु



भारतको उत्तर प्रदेश राज्यको मुरादाबादमा रहेको एक सरकारी अस्पतालमा काम गर्ने कर्मचारीको कोरोना विरुद्धको भ्याक्सिन लगाएको २४ घण्टापछि मृत्यु भएको छ । उनको गएराति मृत्यु भएको भारतीय मिडियाले जनाएको छ । तर जिल्लाका मुख्य मेडिकल अधिकारीले भने उनको मृत्यु भ्याक्सिनका कारण नभएको बताएका छन् । महिपाल सिंह नामका व्यक्तिको छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्याका कारण ज्यान गएको हो ।

महिपालका परिवार अनुसार उनी खोप लिनुभन्दा अगाडी देखि नै अलि अस्वस्थ थिए । उनलाई शनिबार दिउँसो खोप दिइएको थियो । आइतबार उनलाई सास फेर्न गाह्रो भयो र छाती बेस्सरी दुख्न थाल्यो ।

उनलाई खोप दिइएको कारण नै गाह्रो भएको बताइएपनि मुरादाबादका मुख्य मेडिकल अधिकारी एमसी गर्गका अनुसार हाल उनको मृत्युको कारणबारे अनुसन्धान भैरहेको छ । गर्गका अनुसार महिपालको अब पोष्टमार्टम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्