थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ९० जनाले कोरोना जितेसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ५ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्