थप ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु



पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ सय २७ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६९ पुगेको छ । अब नेपालमा मात्र ४ हजार ३ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्