थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा ४ सय ८३ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।

हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्