कोभिड विरुद्धको खोप चौध वर्षमुनिका बालबालिकाले नपाउने



काठमाडौं । विश्वभरका विभिन्न कम्पनीले कोभिड १९ विरुद्ध खोप परीक्षण गरिरहेको र सफल भएको बताए पनि १४ मुनिका बालबालिकाले भने यो खोप लगाउन नपाउने भएका छन् । हालसम्म १४ वर्षमुनिका बालबालिकामा क्लिनिकल ट्रायल (प्रयोग अनुसन्धान) नभएकाले पहिलो चरणमा यो समुहले खोप लगाउन पाउने स्थिति नरहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । ‘अहिलेसम्म १४ वर्षमुनिका बालबालिकामा कोरोनाको खोप क्लिनिकल ट्रायल भएको जानकारी प्राप्त भएको छैन,’ ।

स्वास्थ्य तथा खोप शाखाका अनुसार यो समुहमा कोरोना भाइरस संक्रमणको असर कम देखिएको र मृत्यु पनि कम भएकोले पहिलो चरणमा उनीहरुमाथि प्रयोग नभएको हुनसक्ने बताए । ‘बालबालिकामा कोरोना भाइरसको असर पाका उमेर समुहमाभन्दा कम छ, वैज्ञानिकहरुले यो समुहमा खोपको आवश्यकताबारे सोच्दै होलान्,’ डा.शर्माले भने ।

नेपालमा कोरोना भाइरस संक्रमणले बालबालिकामा संक्रमण र मृत्यु दुवै भएको छ । नेपालमा कुल जनसंख्याको २८ प्रतिशत १४ वर्षमुनिका बालबालिकाको संख्या छ । नेपालमा २८ दशमलव ९ प्रतिशत बालबालिका कोरोनाविरुद्धको खोपबाट बञ्चित हुनेछन् । यो हिसाबले ८६ लाख २१ हजार २ सय ९२ जना हुन आउँछन् ।

शर्माका अनुसार कोभाक्स (खोपको पहल गर्ने अन्तर्राष्ट्रिय निकाय)ले अन्तिमसम्म प्रमाणित भएका खोपहरु खरिद गरेर एकै साथ विश्वभरि वितरण गर्नेछ । सोही क्रममा नेपालमा पनि आइपुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी तीन महिनाभित्रमा मात्र नेपालमा खोप आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्