सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि



नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि भएको छ । सन्दीप स्वयमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे जानकारी दिएका छन् । हाल उनी सेल्फ आइसोलेसनमा बसेको बताएका छन् ।

सन्दीपले आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको बताएका छन् । तर अहिले भने उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत बताएका छन् । सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए ।

प्रतिक्रिया दिनुहोस्