यी हुन् सुन्तला धेरै खानुका ५ बेफाइदाहरु…



जाडोयाममा सुन्तला खान सबैलाई निकै नै मनपर्छ । जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै छुट्टै हुन्छ । सुन्तलामा पाटाशियम, भिटामिन सी, फाइबर जस्ता तत्वहरु पाइन्छ जसले शरीरलाई निकै फाइदा गर्छ । त्यसका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनको लागि सुन्तला निकै उचित मानिन्छ । तर सुन्तला खानुका फाइदासँगै केही बेफाइदाहरु पनि रहेका छन् । हेरौँ केके रहेछन् त सुन्तला खानुका बेफाइदाहरु…

रगतमा चिनीको मात्रा बढी हुने
बिहान बिहान खाली पेटमा सुन्तला खाने गर्नु भएको छ भने त्यसलाई रोक्नुहोस् । किनकी त्यसले रगतमा चिनीको मात्रा बढाउँछ ।

हड्डीसम्बन्धी समस्या
सुन्तलामा भिटामीन सी पाइने भएकाले यसले चिसोबाट त बचाउँछ तर यसले शरीरमा क्याल्शियमलाई असर पुर्याउने भएकाले हाडजोर्नीमा समस्या पनि पैदा हुन्छ । त्यसैले हामीले ठिक्क मात्र सुन्तला खानु उचित हुन्छ ।

तौल बढ्ने
धेरैलाई जानकारी नहोला तर सुन्तला धेरै खादाँ यसले मटाबोलिज्मलाई बिगार्न सक्छ । जसले तौल सन्तुलित हुने प्रक्रियालाई ढिलो बनाइदिन्छ र तौल बढ्न थाल्छ ।

पेटसम्बन्धी समस्या देखा पर्ने
भिटामिन सीबाहेक सुन्तलामा फाइबर भारी मात्रा हुन्छ । जसले पेटसँग सम्बन्धित विभिन्न समस्याहरु आउँछन् । धेरै फाइबर खाँदा पेटमा समस्या आउँछ ।

एसिड रिफ्लेक्सको चिन्ता बढ्ने
खाली पेटमा सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तला खाँदा एसिड बढ्ने र दिनभर ग्यास, छात्ती पोल्ने, मुड खराब हुने, डकार आउने समस्या आउँछ ।

कुनै पनि व्यक्तिले दिनमा १ वा दुईवटा भन्दा बढी सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तलाको जुस खानुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्