थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, कोरोना जित्नेको संख्या २ लाख नाघ्यो



पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित सहित नेपालमा हाल संक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३०४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २ हजार ६७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्