भय रहित ढगंले १२ को परीक्षामा सामेल हुन शिक्षामन्त्री पोखरेलको अनुरोध



काठमाडौँ । २०७७ मसिंर ९ बाट सुरु हुन गइरहेको कक्षा १२ को परीक्षामा सामेल हुन लागेका सम्पूर्ण विद्यार्थीहरुलाई भौतिक दुरी कायम गरी भय रहित ढगंले परीक्षामा सामेल हुन शिक्षामन्त्री गिरीराजमणि पोखरेलले अपिल गरेका छन् ।

गएको बैशाख २० गतेदेखि परीक्षा सुरु हुने कार्यतालिका सार्वजनिक गरियतापनि महामारीको रुपमा विश्वभरि फैलिएको कोभिड १९ ले सिर्जना गरेको विषम् परिस्थितिका कारण समयमा परीक्षा सम्पन्न हुन सकेको थिएन । कक्षा १२ विद्यालय शिक्षाको अन्तिम तह भएकाले विद्यार्थीहरुले गम्भिर भएर परीक्षा दिनुपर्ने पोखरेलले बताए ।

त्यस्तै परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्न, मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न, साबुनपानीले हात धुन र कोभिड सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्न लगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन सरकारले नै गरेको हुदाँ ढुक्क भएर परीक्षामा सहभागी हुन पोखरेलले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्