हरेक दिन तातोपानीको सेवनले जित्न सकिन्छ यस्ता रोगहरु…



तातोपानी खानु स्वास्थ्यको लागि निकै नै उचित हुन्छ । हुन त जाडो महिनामा हामी सबैले तातोपानी नै खाने गर्छौ । तर गर्मी महिनामा पनि तातोपानी नै खानु फाइदाजनक हुन्छ । तातोपानीले हामीलाई थुप्रै रोग लाग्नबाट समेत बचाउँछ । आज हामी यसैबारे चर्चा गर्नेछौँ।

चिसो, रुघाखोकी
चिसो र रुघाखोकीको सबैभन्दा सजिलो उपाय नै तातोपानी हो । तातोपानीले जिउलाइृ न्यानो राख्नुको साथै घाँटी पनि सफा राख्छ । त्यसैले रुघाखोकी लाग्दा धेरैभन्दा धेरै तातोपानी खानु उत्तम हुन्छ ।

छाला
धेरैलाई थाहा नहोला तर तातोपानी धेरै खानाले छाला चमकदार हुनुको साथै सुन्दर पनि देखिन्छ । त्यसैले तातोपानी खाने बानी बसाल्नु उचित हुन्छ ।

तौल कम गर्न
तौल बढिरहेको छ र त्यसलाई सन्तुलनमा राख्न तातोपानीको सेवन गर्न सकिन्छ । तातोपानीमा कागती र महको रस मिसाएर सेवन गर्ने गर्नाले तौल सन्तुलन हुन्छ । बिहान हरेक दिन एक गिलास तातोपानी पिउने गर्दा तौल कम हुन्छ ।

कपाल
कपाल झर्ने समस्याले धेरै मानिस चिन्तित छन् । तातो पानीको दैनिक सेवनले यसलाई केही हदसम्म कम गर्ने गर्छ । धेरै तातोपानी खादाँ कपाल झर्न कम हुनुको साथै कपाल मजबुत पनि हुन्छ ।

पाचन प्रक्रिया
हरेक दिन बिहान तातोपानी पिउने गर्दा पाचन पक्रिया बलियो हुन्छ । जसले गर्दा कब्जियतको समस्या हुँदैन । खाना खाएको ३० मिनेछपछि तातोपानी पिउँदा खाना राम्रोसँग पच्ने र पेट पनि स्वस्थ रहन्छ ।

मांसपेशीको दुखाई
तातोपानीको दैनिक सेवनले मांसपेशीको दुखाई कम हुन्छ । जाडो मौसममा शरीर दुख्ने समस्या हुन्छ भने यसको लागि दैनिक तातोपानी पिउने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्