यसरी गरेका थिए रोहनले नेहालाई विवाहको लागि प्रपोज…



बलिउड गायिका नेहा कक्करले प्रेमी रोहनप्रित सिंहसँग धुमधामसँग विवाह गरेकी छिन् । उनको विवाह दिल्लीमा भएको हो । कोरोनाका कारण नेहाको विवाहमा धेरैजना भने उपस्थित भएका थिएनन् ।

नेहाले सामाजिक सञ्जाल मार्फत रोहनले आफूलाई विवाहको लागि प्रस्ताव राखेको जानकारी दिएकी थिइन् । उनले सामाजिक सञ्जालमा केही समयअघि रोहन र उनको केही तस्बिर सार्वजनिक गरेकी थिइन् । जहाँ रोहनको हातमा कार्ड थियो र कार्डमा विल यू म्यारी मि ? लेखिएको थियो ।

नेहा र रोहन केहीसमय देखि एकअर्काको नजिक थिए । छोटो समयमा नै दुवैले विवाहको निर्णय लिए । रोहन र नेहाको जोडीलाई दर्शकले रुचाइरहेका पनि छन् । यतिबेला नेहालाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि नेहालाई वैवाहिक जीवनको धेरै शुभकामना ।   

प्रतिक्रिया दिनुहोस्