माटो खन्दा दुईको मृत्यु



जाजरकोटको छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छेडागाड– ३ की ३० वर्षीया शीतला जैसी र १६वर्षीया आरती दाहाल छन् । अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्