कगंना विरुद्ध फेरि मुद्धा दर्ता, यस्तो छ कारण…




बलिउड अभिनेत्री कगंना रनावत बेला बेलामा विवादमा आइरहेकी हुन्छिन् । केहीसमय अघि उनलाई धर्म सम्बन्धी भेदभाव गरेको आरोपमा मुद्धा परेको थियो । अहिले फेरि उनी विवादमा तानिएकी छिन् ।

अहिले कगंनालाई अदालतलाई अवहेलना गरेको आरोप लागेको छ ।

एफआईआरमा उनले अदालतविरुद्ध दुर्भावनापूर्ण तथा अपमानजनक पोष्ट गरेको आरोप लगाइएको छ । कगंनालाई १० दिनको अन्तरालमा ३ मुद्धा परेका छन् । तर कगंनाले यसबारे कुनै जानकारी दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्