कोरोना संक्रमणका कारण ५ महिनाकी बालिकाको मृत्यु




धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा ५ महिनाकी बालिकाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

बालिका मस्तिष्कसम्बन्धी रोगबाट ग्रसित भएको डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । 

मृत्यु भएकी बालिकाको नियामानुसार शव व्यवस्थापन भइरहेको अस्पतालले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्