भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख पुग्यो, एक लाख १६ हजारको मृत्यु



भारतमा विगत २४ घण्टामा थप ५५ हजार ८३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ ।

भारतमा हाल ७ लाख १५ हजार ८१२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । २४ घण्टामा ७०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा कूल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्