‘कपिल शर्मा शो’ लाई भल्गर शो भनेपछि कपिलले दिए यस्तो जवाफ…



कपिल शर्मा शो भारतको लोकप्रिय शो हो । दर्शकले यो शो लाई निकै नै रुचाउने गरेका छन् । कपिल कपिल शर्मा शो का कारण बेला बेलामा विवादमा पनि तानिने गरेका छन् ।

लकडाउन खुलेपछि उनले कपिल शर्मा शो विना दर्शक नै चलाउँदै आएका छन् । तर पनि शो ले राम्रो टिआरपी पाइरहेको छ । कपिल शर्मा शो मा केहीसमय अघि पुनित इस्सर, नीतिश भारद्धाज, गजेन्द्र चौहान लगायतका कलाकार पुगेका थिए । यो शोले दर्शकको राम्रो प्रतिक्रिया पनि पाएको थियो ।

तर निमन्त्रणा गरिएका अर्को कलाकार मुकेश खन्ना भने उपस्थित भएनन् । उनले कपिल शर्मा शो लाई भल्गर भएको बताएका छन् । साथै उनले कपिल शर्मा शो मा डबल अर्थ दिने शब्दको बढी प्रयोग हुने भएकाले आफू शो मा सहभागी नभएको खुलाएपछि उनलाई कपिलले गतिलो जवाफ दिएका छन् ।

कपिलले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘मेरो टिम यो महामारीको समयमा मानिसहरुको अनुहारमा मुस्कान ल्याउनका लागि कडा मिहिनेत गरिरहेको छ । जब पुरै दुनियाँ मुश्किल समय बिताइरहेको छ भने उनीहरुको अनुहारमा मुस्कान ल्याउन जरुरी छ ।’

साथै उनले मानिसको सोचलाई परिवर्तन गर्न नसकिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्