लण्डनमा शाहरुख र काजोलको मूर्ति राखिदैँ



शाहरुख खान र काजोलको जोडी बलिउडमा निकै नै रुचाइएको छ । यी दुईले एकसाथ धेरै चलचित्रमा काम गरेका छन् । शाहरुख र काजोलले एकसाथ काम गरेको चलचित्र दिलवाले दुल्हनिया ले जांएगे को रिलिजको २५ बर्ष पुरा भैसकेको छ ।

उक्त चलचित्र बक्सअफिसमा ब्लकबस्टर साबित भएको थियो । दिलवाले दुल्हनिया ले जांएगे रिलिजको २५ बर्ष पुगेको उपलक्ष्यमा लण्डनमा शाहरुख र काजोलको मूर्ति राखिने भएको छ ।

२० अक्टोबर १९९५ मा रिलिज भएको यो फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका थिए । यशराज फिल्मस्को वेबसाइटमा उल्लेख भए अनुसार, फिल्मको निर्माण ४ करोडमा भएको थियो भने फिल्मले भारतमा ८९ करोड र ओभरसीजमा १३ करोड ५० लाख कमाएको थियो । फिल्मको कूल कलेक्सन १ सय २ करोडभन्दा बढी थियो ।

प्रतिक्रिया दिनुहोस्