म्यूजिक भिडियोमा डेब्यु गर्दै अञ्जु पन्तकी छोरी परितोसिका



अञ्जु पन्त नेपाली सांगितीक जगतकी चर्चित गायिका हुन् । उनलाई भर्सटाइल गायिका पनि भन्ने गरिन्छ । उनले हरेक प्रकारको गीतहरु गाउने गरेकी छिन् । उनै अञ्जुले अब अभिनयको दुनियाँमा आफ्नो छोरीलाई पनि भित्र्याउने तयारीमा छिन् ।

अञ्जुले आफ्नै गीत मार्फत छोरीलाई अभिनय क्षेत्रमा भित्र्याउने भएकी हुन् । उनले छोरीले अभिनयमा रुचि राखेकाले नै म्यूजिक भिडियोमा खेलाएको र अब चाडै नै उक्त गीत रिलिज हुने जानकारी दिएकी छिन् ।

अन्जुकी छोरी परितोसिकालाई निर्देशक निकेश खड्काले भिडियोमार्फत अभिनय यात्रामा डेब्यू गराएका हुन् । भिडियोमा कथा खोज्ने र कलरफूल बनाउन माहिर मानिने निकेशले परिको पहिलो भिडियो भएकाले पनि सक्दो मिहिनेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्