क्यान्सरमुक्त भए बलिउड अभिनेता सञ्जय दत्त



बलिउड अभिनेता सञ्जय दत्त लामो समयसम्मको उपचारपछि कोरोनामुक्त भएका छन् । यो कुराको जानकारी उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले दिएका हुन् ।

सञ्जय र उनकी श्रीमतीले यसबारे जानकारी दिन भनेपछि नै यो कुराको खुलासा भएको हो । सञ्जय क्यान्सरमुक्त भएपछि उनका फ्यानहरुले सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।

सोमबार ६१ वर्षका सञ्जुको पोजिट्रोन एमिशन टेमोग्राफी (पीईटी) रिपोर्ट आएको छ जसमा उनी क्यान्सरबाट मुक्त पाइएका छन् । पीइटी स्क्यान क्यान्सरको सबैभन्दा प्रमाणित परीक्षण मानिन्छ । यसमा पीडितको क्यान्सर सेलको स्थिती के हुन्छ, त्यसबारे थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्