रणवीरलाई लिएर ‘सर्कस’ बनाउँदै रोहित



रोहित शेट्टी बलिउडका निकै नै चर्चित निर्देशक हुन् । उनले रणवीर सिंहलाई निकै भरोसा गर्ने गर्छन् । जसका कारण उनले रणवीरसँग सिम्बा र सूर्यवंशीमा राम्रोसँग काम गरिसकेका छन् । अब उनले रणवीरलाई लिएर नयाँ चलचित्र बनाउने तयारी गरिरहेका छन् ।

सर्कस नामक चलचित्रमा रणवीरको डबल रोल रहने बताइएको छ ।

‘सर्कस’ सेक्सपियरको प्ले कमेडी अफ एरर्सबाट प्रेरित भएर निर्माण हुने बताइएको छ । फिल्मको बारेमा जानकारी दिँदै तरण आदर्शले ट्विट गर्दै लेखेका छन्, ‘रणवीर सिंह र रोहित शेट्टी फेरि एकसाथ आउँदैछन् । फिल्मको नाम ‘सर्कस’ राखिएको छ । प्ले द कमेडी अफ एरर्सबाट फिल्म प्रेरित हुनेछ । रणवीर फिल्ममा दोहोरो भूमिकामा देखिनेछन् ।’ फिल्म मल्टीस्टारर बन्नेछ ।  

प्रतिक्रिया दिनुहोस्