आदित्यले विवाहको लागि सोधेपछि उदितले दिए यस्तो जवाफ…



आदित्य नारायण झा ले बलिउडमा आफ्नो राम्रो पहिचान बनाइसकेका छन् । उनै आदित्यले केहीदिन अघिमात्र प्रेमिका स्वेतासँग अब केही समयपछि विवाह गर्ने सोच रहेको बताएका छन् । आदित्यले यसबारे आफ्नो पिता उदित नारायण झा लाई पनि भनिसकेको बताएका छन् ।

यसबारे उदितले पनि प्रतिक्रिया दिएका छन् । उनले स्वेतालाई आफूले लामो समयदेखि चिनिरहेको तर आदित्यको प्रेमिकाको रुपमा नभएर उसको साथीको रुपमा चिनेको बताए । उनले विवाहपछि उनको वैवाहिक जीवनमा कुनै समस्या आए त्यसको भागीदार आफू नहुने सर्तमा आदित्यलाई विवाहको लागि अनुमति दिएका छन् ।

उदितले आदित्यको विवाह धुमधामसँग गरिदिने आफ्नो सोच भएपनि कोरोनाका कारण त्यो सम्भव नभएकाले थोरै मानिसबिच आदित्यको विवाह हुने जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्