शाहरुखले खाएका दिए दिल्लीका केटाहरुको कुटाई, यस्तो थियो कारण…



बलिउड अभिनेता शाहरुख खानको फ्यान फलोइङ बलिउडमा मात्र नभएर विश्वभर नै निकै रहेको छ । उनै शाहरुखले कपिल शर्मा शो मार्फत आफ्नो रमाइलो घटना दर्शकलाई सेयर गरेका छन् ।

एनले एकपटक दिल्लीमा एक युवतीलाई प्रेमिका बताउँदा केही केटाहरुले उनलाई कुटेको बताएका छन् । शाहरुखले भने, ‘एकपटक म एक युवतीलाई डेट गरिरहेको थिएँ, त्यति नै बेला ती युवतीलाई आफ्नी प्रेमिका भन्दा केही केटाहरुले मलाई कुटेका थिए । केटाहरुले ती युवती मेरी प्रेमिका नभई मेरी भाउजु भएको बताउँदै मलाई कुटेका थिए ।’

ती युवती अरु कोही नभएर गौरी थिइन् । अहिले पनि दिल्लीमा कसैले सोध्दा शाहरुख गौरीको परिचय भाउजु भनेर दिने गर्छन् । उनले यस घटनालाई आफ्नो जीवनको रमाइलो पल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्