
सञ्जय लिला भन्साली बलिउडका सर्वाधिक चर्चित निर्देशक हुन् । उनका अधिकांश चलचित्रहरु सफल छन् । उनै सञ्जय यतिबेला नयाँ चलचित्र बनाउने तयारी गरिरहेका छन् ।
जहाँ पहिलो पटक रनवीर कपुर, आलिया भट्ट र दिपिका पादुकोण एकसाथ देखिने भएका छन् ।
मल्टिस्टारर फिल्ममा २–२ अभिनेता र अभिनेत्री हुनेछन् । रणवीर, दीपिका र आलियालाई फिल्मका लागि फाइनल गरिसकेको छ । फिल्ममा आलिया रणवीरको अपोजिटमा हुनेछिन् । आलिया मीना कुमारीले निभाएको भूमिकामा देखिँदै छिन् । अभिनेत्री दीपिका पादुकोणले डाँकु रुपमतीको भूमिका निभाउँदै छिन् ।