आफ्नै चलचित्र ‘कुल्ली नं.१’ को प्रमोशन गर्ने छैनन् सारा, यस्तो छ कारण



बलिउड अभिनेत्री साराअली खान केहीसमय अघि नराम्रोसँग विवादमा तानिइन् । सुरुमा नेपोटिज्मका कारण त त्यसपछि ड्रग्स केसका कारण अहिले पनि दर्शकले उनलाई गाली गर्न छोडेका छैनन् ।

ड्रग्स केसबारे सिबिआईले सारासँग सोधपुछ पनि गरेको थियो । तर साराले सोधपुछमा आफूले ड्रग्स युज नगरेको बताएकी थिइन् । चाडै नै सारा अभिनीत चलचित्र कुल्ली नं. १ डिजिटल प्ल्याटफर्म मार्फत रिलिज हुदैँछ । चलचित्रमा सारा र वरुण मुख्य भूमिकामा छन् ।

साराले कुल्ली नं. १ को प्रचार नगर्ने भएकी छिन् । विवादमा तानिरहेको बेला चलचित्रको प्रमोशन गर्दा दर्शकले झन् गाली गर्ने हुन् कि भन्ने डर उनलाई लागेको छ ।

वरुणले पनि एकदमै कम मिडियालाई मात्र अन्तवार्ता दिने सोच बनाइरहेका छन् । किनकी नेपोटिज्मबारे चर्चा हुदाँ वरुणको नाम पनि त्यसमा जोडिएको थियो ।   

प्रतिक्रिया दिनुहोस्