बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरामाथि बलात्कार र जबरजस्ती गर्भपतन गराएको आरोप



बलिउडका सर्वाधिक चर्चित अभिनेता मिथुन चक्रवर्तीका छोरा महाक्षय चक्रवर्तीमाथि बलात्कार र जबरजस्ती गर्भपतन गराएको आरोप लागेको छ ।

८ वर्षकी एक महिलाको तर्फबाट ओशिवारा पुलिस स्टेशनमा महाक्षयविरुद्ध उजुरी दर्ता गराइएको छ । उजुरीमा मिथुनकी पत्नी योगिता बालीमाथि पनि धम्की दिएको आरोप लगाइएको छ ।

महिलाले दिएको बयान अनुसार ती महिला मिथुनको छोरासँग सन् २०१५ देखि २०१८ सम्म प्रेम सम्बन्धमा थिइन् । सन् २०१५ मा मुम्बई अंधेरीमा रहेको महाक्षय चक्रवर्तीले ड्रिंक्समा केही मिसाएर ती युवतीलाई खान दिएर उनीसँग शारिरीक सम्बन्ध राखेका थिए ।

 गर्भवती भएपछि महाक्षयले उनलाई गर्भपतन गराउन भनेका थिए । ती महिलाले नमानेपछि महाक्षयले महिलालाई थाहै नदिई औषधी खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्