बलिउड अभिनेत्री कगंना रनावत विरुद्ध मुद्धा दर्ता, यस्तो छ कारण…



बलिउडकी सर्वाधिक चर्चित नायिका कगंना रनावत विरुद्ध मुम्बईमा मुद्धा दर्ता भएको छ । यो खबरले यतिबेला पुरा बलिउड नै तात्तिएको छ ।

कगंनासँगै उनकी दिदी रंगोली चन्दोलविरुद्ध पनि मुद्धा दर्ता भएको छ । भारतीय मिडिया अनुसार कंगना र उनकी दिदीले ट्वीटरको माध्यमबाट समाजमा द्वेस फैलाउने कार्यमा लागेको आरोप लगाइएको छ। यस्तै बलिउड उद्योगलाई ध्वस्त पार्न लागेको आरोप लगाइएको छ। कंगनाले बलिउडका हिन्दु र मुस्लिम कलाकरबीच विभाजन ल्याएकोसमेत आरोप लगाइएको छ।

यसबारे कगंना र उनकी दिदीले भने कुनैपनि आधिकारीक जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्