वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, ‘यो दशैँमा म तपाईलाई भेट्न आउँदिन, तपाई पनि मेरोमा नआउनू’



वरिष्ठ कलाकार हरिवंश आचार्यले कोरोना संक्रमित भएपछि आफ्नो अनुभव सुनाएका छन् । उनले कोरोना लाग्नबाट डराउन र कोरोना लागिहाल्यो भने नआत्तिन सुझाव दिएका छन् ।

साथै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् ।

‘यो वर्षको दसैंमा टीका थाप्न म कसैको घरमा पनि आउँदिन, तपाईंहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला’, उनले भने, ‘कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोच र आआफ्नै घरमै बसेर दशैं मनाऔँ।’

कोरोना पोजेटिभ देखिएपछि हरिवंश र उनकी श्रीमती १३ दिनदेखि होम आइशोलेसनमा छन् । आज उनीहरुको टेष्ट हुदैँछ । रिपोर्ट नेगेटिभ आएर कोरोनामुक्त हुने आश रहेको हरिवंशले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्