भोट कम भएपछि ‘डान्सिङ विथ दि स्टार्स’ बाट बाहिरिइन् जनकपुरकी पूजा



हिमालयन टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार प्रशारणमा आउने गरेको रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल अहिले दर्शकमाझ लोकप्रिय बन्दै गएको छ ।

दर्शकले यो शोको प्रतिक्षा गरेर बसिरहेका हुन्छन् । यस्तै हिजोराति प्रशारण गरिएको एपिसोडबाट जनकपुरकी सिता भनेर परिचित भएकी कलाकार पूजा ठाकुर र उनका कोरियोग्राफर सरोज मोक्तान बाहिरिएका छन् ।

हिजो पहिलो एलिमिनेशन थियो । पूजा र सरोज दर्शकको भोट कम भएका कारण बाहिरिएका हुन् । जम्मा ११ स्टार्सहरुबाट सुरु भएको शो को दोस्रो हप्ताबाट स्वास्थ्य अवस्था ठिक नभएपछि कलाकार रक्षा श्रेष्ठ बाहिरिएकी थिइन् र हिजो प्रशारित एपिसोडमा पूजा बाहिरिइन् । अब शो मा ९ स्टार्स बाकिँ रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस्