अन्ततः सुरु भयो अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ को छायांकन



अन्ततः करिब ७ महिनादेखि रोकिएको चलचित्र ए मेरो हजुर ४ को छायांकन हिजो शनिबारबाट सुरु भएको छ । चलचित्रको छायांकन केहीसमय अघिबाटै सुरु गरिने भनिएको थियो तर सरकारले अनुमति नदिएकाले चलचित्रको छायांकन सुरु हुन सकेको थिएन ।

अब फुलपातिको दिनसम्म चलचित्रको छायांकन हुने र त्यसपछि फेरि दशैँको पूर्णिमापछि चलचित्रको छायांकन पुनः सुरु हुने निर्माण टिमले जानकारी दिएको छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, दुर्गेश थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् ।

गीत बाहेक चलचित्रको सम्पूर्ण छायांकन तिहारसम्म सक्ने निर्माण टिमको योजना रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्