ड्रग्स केसको मुद्धाबाट बाहिर निस्केपछि पुनः छायांकनमा फर्किइन् दिपिका



 नायिका दिपिका पादुकोण केहीसमय अघि ड्रग्स केसमा नाम जोडिएपछि विवादमा तानिएकी थिइन् । उनीसँग सिबिआईले सोधपुछ पनि गरेको थियो । तर उनले ड्रग्स प्रयोग गरेको कुनैपनि प्रमाण भेटिएन ।

अहिले भने दिपिका पुनः छायांकनमा फर्किसकेकी छिन् । दीपिका सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनको साथमा सिद्धान्त चक्रवर्ती र नायिका अनन्या पाण्डेले काम गरिरहेका छन् ।

चलचित्रको छायांकन सेप्टेम्बरबाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्