सैफसँग विवाह गर्न २ पटकसम्म करीनाले गरेकी थिइन् अस्वीकार, यस्तो थियो कारण…



करीना कपुर र सैफअली खान बलिउडका निकै रुचाइएका जोडी हुन् । यी दुईले विवाह गरेको ८ बर्ष पुरा भैसकेको छ । करीना र सैफका १ छोरा तैमुर छन् । करीना दोस्रो पटक आमा बन्दैछिन् ।

यी दुईको वैवाहिक जीवन निकै रमाइलोसँग बितिरहेको छ । तर करीनालाई विवाहको लागि मनाउन सैफले निकै मेहेनत गर्नुपरेको थियो । करीनाले २ पटकसम्म सैफको प्रपोज स्वीकारेकी थिइन् ।

तेस्रो पटकको समयमा भने उनले सैफलाई स्वीकारिन् र दुवैले विवाह गरे । करीना लामो समयसम्म अभिनेता साहिद कपुरको प्रेममा थिइन् । साहिसँग ब्रेकअप भएपछि सैफ उनीसँग नजिकिएका थिए ।   

प्रतिक्रिया दिनुहोस्