विवाह भएको ४० बर्ष पुरा भैसक्यो तर ५ मिनेट पर रहेको श्रीमान धर्मेन्द्रको घर अहिलेसम्म गएकी छैनन् हेमा



हेमा मालिनीलाई बलिउडकी ड्रिम गर्ल भन्ने गरिन्छ । उनले बलिउडमा निकै बर्षसम्म सक्रिय भएर काम गरिन् । चलचित्रमा नदेखिएपनि उनी विभिन्न कार्यक्रममा भने सहभागी भैरहेकी नै हुन्छिन् ।

उनै हेमा मालिनीले हिजो आफ्नो ७२ औँ जन्मदिन मनाइन् । जन्मदिनमा हेमाको जीवनसँग जोडिएका रोचक कुराहरु बाहिर आएका छन् । धेरैलाई थाहा नै होला हेमा बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रकी दोस्री श्रीमती हुन् । यी दुईले विवाह गरेको ४० बर्ष पुरा भैसकेको छ ।

तर अचम्मको कुरा त के छ भने विवाह भएको ४० बर्ष पुगिसक्दा हेमा एकपटक पनि धर्मेन्द्रको घर गएकी छैनन्, जबकी उनको र धर्मेन्द्रको घरको दुरी मात्र ५ मिनेटको रहेको छ । धर्मेन्द्रको घरमा उनकी छोरी इशा २०१५ मा पुगेकी थिइन् । त्यतिबेला उनी ३४ बर्ष पुगिसकेकी थिइन् ।

त्यसबेला पनि धर्मेन्द्रका भाइ अत्यन्तै बिरामी थिए र हेमाका छोराछोरी उनीसँग निकै नजिक थिए । जसका कारण इशा काकालाई भेट्न आफ्ना पिताको घर पहिलोपटक पुगिन् । हेमा धर्मेन्द्रसँग सँगै बस्न नपाएकोमा कुनै गुनासो नभएको बताउँछिन् । उनकै खुसीको लागि आफूहरु सँगै नबसेको तर धर्मेन्द्रले आफ्ना छोराछोरीको लागि जतिपनि गरेका छन्, त्यसको लागि भने हेमा खुसी छिन् ।   

प्रतिक्रिया दिनुहोस्