४ सय करोडमा बन्दै प्रभासको ‘आदिपुरुष’ !



 प्रभास बलिउडका सर्वाधिक चर्चित अभिनेता हुन् । उनलाई धेरैले बाहुबली अभिनेता भनेर चिन्ने गरेका छन् । किनकी बाहुबली प्रभासको करियरलाई थप उचाईमा ल्याउन निकै ठूलो भूमिका खेलेको छ ।

उनै प्रभास यतिबेला चलचित्र आदिपुरुष को काममा व्यस्त छन् । आदिपुरुष मा पहिलो पटक प्रभास, सैफ र अजय देवगण एकसाथ देखिने भएका छन् । पौराणिक कहानीमा तयार हुन लागेको चलचित्र निकै ठूलो बजेटमा बन्ने भएको छ ।

भारतीय मिडिया अनुसार आदिपुरुष को जम्मा लागत ४ सय करोड बढी हुने बताइएको छ । यसबारे निर्माण टिमले भने अहिलेसम्म कुनैपनि आधिकारीक जानकारी दिएको छैन ।  

प्रतिक्रिया दिनुहोस्