भोलिबाट छायांकनमा जादैँ धिरज र जसिताको ‘आइ एम ट्वान्टी वान’



लामो समयदेखि छायांकनमा जाने भनिएको चलचित्र आइ एम ट्वान्टी वान को छायांकन अब घटस्थापनादेखि सुरु हुने भएको छ ।

रेनशा वान्तवा राईले निर्देशन गर्न लागेको चलचित्रमा धिरज मगर र जसिता गुरुङ मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन् । लामो समयदेखि धिरज र जसिता यस चलचित्रको लागि वर्कशप पनि गरिरहेका छन् ।

भोलिबाट आइ एम ट्वान्टी वान को छायांकन सुरु हुनेछ र एकहप्ता पछि फेरि केहीदिनको लागि रोकिनेछ । यस कुराको जानकारी चलचित्र निर्माण टिमले नै दिएको हो ।  

प्रतिक्रिया दिनुहोस्