मिथिलालाई जन्मदिनको शुभकामना दिदैँ करिश्माले सेयर गरिन् यस्तो तस्बिर…



मिथिला शर्मा चलचित्र जगतकी सर्वाधिक चर्चित अभिनेत्री हुन् । उनले नेपाली चलचित्र जगतमा लामो समयदेखि योगदान दिदैँ आएकी छिन् । उनले चलचित्रमा गर्ने जीवन्त अभिनयलाई दर्शकले खुबै रुचाउने गरेका छन् ।

आज उनै वरिष्ठ अभिनेत्री मिथिला शर्माको जन्मदिन रहेको छ । आज मिथिलाको जन्मदिन परेकाले उनलाई सामाजिक सञ्जालमा चलचित्रकर्मी र दर्शकले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

यस्तै नायिका करिश्मा मानन्धरले उनको र मिथिलाको निकै समय पहिलेको तस्बिर सेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘हजुरलाई हेरेर सोच्ने गर्थे ओ यस्तो राम्री मान्छे पनि हुन्छ रु जो बाहिर र मनको पनि राम्रो छ ११ आउट डोर जादा एक्लै सुत्न डराउने मलाई भोटे ९भोटो लगाउने भएर भोटे भनेको अन्य अर्थ नलागोस० किन डराउछस् भुतलाई डराउन दिने हो भनिसिन्थ्यो १ हौसलाको खानी जस्तो लाग्थ्यो हजुर, दुइ दिन अगाडी स्वस्थ मन्त्रालयमा भेट्दा पनि आज भन्दा २८ वर्ष अगाडी को हजुर जे हुनुहुन्थ्यो त्यहिँ पाए, त्यस्तै हाँसो, त्यस्तै माया, त्यहि रुप सधैं यस्तै रहनु दिज्जु, जन्मदिनको शुभकामना सु स्वास्थ्यको कामना १ ’

प्रतिक्रिया दिनुहोस्