अन्तत : डोनाल्ड ट्रम्पलाई पनि भयो कोरोना संक्रमण



-चन्द्रदीप लामिछाने उप-प्राध्यापक त्रिभुवन विश्वविद्यालय

कोरोना भाईरस डायरी जारी छ । अन्त्य कहिले हुन्छ कुनै अनुमान छैन । आज डायरी लेख्न थालेको १९५ औ दिन भएछ । लामो दूरीको यातायात खुलेपछि सिन्धुलीमाढी र महोत्तरीको बर्दिबास गएको थीए हजुर आमालाई भेटन ।

उहाँ बिरामी हुनुहुन्छ । बर्दिबासमा करिब छ दिन बस्दा त्यतातिर कोरोना भाईरसको बारेमा मानिसहरूले खासै डर मानेको देखिएन । उहाँहरूको भनाई यो केहि पनि हैन भन्ने जस्तो थीयो । उहाँहरू भन्नुहुन्छ – ‘सुरूमा त धेरै डर लागेको थीयो तर अहिले पटक्कै डर छैन’ ।

त्यहाँ मानिसहरूले माक्स बिरलै लगाएका थीए । एक दिन त्यहाँको ठूलो हटियामा म र भाई (दीपेश) पुगेका थियौँ । सयौ मानिसहरूको त्यहाँ बस्तु किन-बेचमा भिडाम- भिड थियो तर डरलाग्दो कुरा माक्स लगाउने भने हामी दुई जना मात्र रहेछौ । मलाई त धेरै डर लाग्यो । मैले केहिलाई सोधे पनि – किन माक्स नलगाएको ? उहाँहरूको जबाफ थीयो – ‘ यसको आबश्यकता छैन । बरू यसले सास फेर्न गार्हो बनाउने गर्दछ ‘।

देशभरिमै आज-भोलि संक्रमण अझ तिब्र देखिन्छ। काठमाडौं उपत्यका अहिले हटस्पटमा पनि उच्च एक नम्बरमा रहेको अबस्था छ । अन्य कतिपय ठाउँहरूमा पनि संक्रमण तिब्र छ । देशभरिमा आजसम्म ८४ हजार भन्दा बढि मानिसहरू भाईरस बाट संक्रमित भैसकेका छन् ।

बिदेशमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको श्रीमती मलेनीया ट्रम्पलाई कोरोना भाईरस संक्रमण भएको छ । यस अघि उनको सबै भन्दा नजिककी बरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएको थीयो । ट्रम्पले आफ्नो ट्वीटर अकाउन्टमा १६ गते लेखेका थिए :
Tonight @ FLOTUS and tested positive for Covid-19.  We will begin our quarantine and recovery process immediately.  We will get through this together. 

गएको मंगलबार हेल्थ एजुकेसन क्याम्पस, केसवेस्ट्रन युनिभर्सिटीमा आयोजित बहसमा आउदो चुनावका राष्ट्रपतिका अर्का उम्मेदवार जे बाईडेन सगै सहभागी भएपश्चात ट्रम्पको परिक्षण गर्दा कोरोना पोजेटिभ भएको भनिएको छ, तर उनका प्रतिस्पर्धि जे बाईडेनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । हुनत ट्रम्प चुनाबी दौडाहामा अगाडि देखिनै संक्रिय थीए ।

सुरूवाति दिन देखिनै कोरोना भाईरसलाई चिनीया भाईरस भनेर उडाउने र माक्स लगाउने कुराको सख्त बिरोध गर्ने ट्रपले मङ्गलबारको बहसमा भने प्रश्नकर्ताले माक्स सम्बधि सोधेको प्रश्नको उत्तर दिदै भनेका थीए – ‘म सगं अहिले पनि माक्स साथमै छ ( कोटको गोजीबाट कालो माक्स निकालेर देखाउदै ) तर म यो आवश्यकता अनुसार प्रयोग गर्छु ।

म उनि मान्छे जस्तो हैन (जे बाईडेनलाई देखाउदै) जो दुई सय फिट टाढा रहदा पनि माक्स लगाउने गर्दछन् ।’ त्यसबेला जे बाईडेन भने भन्दै थिए – ‘ माक्स नलगाएकोलेनै एक लाखमा ( अमेरिकामा) सिमित हुनुपर्ने मृत्यू अहिले दुई लाख नाघिसकेको छ ‘ ।

हिजो राष्ट्रपति ट्रम्पलाई अस्पताल लगिएको छ । सिएनएनका अनुसार पूर्बसावधानि स्वरूप उनलाई वाल्टर रिड नेशनल मिलिट्रि मेडिकल सेन्टरमा लगिएको हो । बिशेष हेलिकप्टर मरिन वान बाट ट्रम्पलाई अस्पताल लगिएको थियो । उनले त्यसबेला कालो माक्स लगाएका थिए र फूर्तिलो तरिकाले हेलिकप्टरबाट ओर्लंदै अगाडि बढेको दृश्य टिभिहरूले देखाइरहेका थिए ।

उनको हिडाई हेर्दा उनि सामान्य देखिन्छन् । अस्पतालको भनाई अनुसार उनलाई संक्रमणको सामान्य लक्षणहरू देखिएका छन् । उनलाई खोकि तथा ज्वरोको अनुभव भईरहेको छ । एन्टीभाईरल औषधिको रूपमा उनलाई अहिले ‘रेमडिसिभर’ चलाइएको छ ।

उनलाई अहिले थप अक्सिजनको आबश्यकता भने छैन । उनले हिजो नै ट्वीटरमा एउटा भिडियो पोष्ट गर्दै भनेका छन् – ‘म ठिक छु ‘ । ट्रम्प अस्पताल गएपनि राष्ट्रपतिको कुनै पनि अधिकार उनले उपराष्ट्रपति माईक पेन्सलाई प्रत्यायोजन गरेका भने छैनन्।

ट्रम्प दम्पतीलाई भाईरस संक्रमण हुने बित्तिकै आगामी राष्ट्रपतिय चुनावका उनका प्रतिस्पर्धि जे बाईडेनले भनेका छन् : ‘ हाम्रा राष्ट्रपति र फस्ट लेडिको शिघ्र श्वास्थ लाभको लागि म भगवान सगं प्राथना गर्दछु । उहाहरूलाई भएको संक्रमणले कोरोना भाईरस कति सिरियस छ भन्ने कुरा हामिलाई पुनः स्मरण गराएको छ र साथै माक्स लगाउनु पर्दछ भन्ने कुरालाई पनि पुनः सम्झाएको छ ‘ ।

प्रतिक्रिया दिनुहोस्