कोरानाको कारण अफ्रिकी युगाण्डामा एक नेपालीको मृत्यु



काठमाडौं । अफ्रिकी मुलुक युगाण्डाको कम्पाला स्थित रुपालिया ग्रुप अफ ईडस्ट्रिजमा कार्यरत ४७ वर्षिय पर्वत घर भएका यजेंन्द्र प्रताप सेन ठकुरीको कोरोना संक्रमणका कारण २०२० सेप्टेम्बर २२ गते मृत्यु भएको हो । उनि विगत १४ वर्ष देखि युगान्डामा बस्दै आएका थिए ।

हाल उक्त रुपालिया गृप अफ ईडस्ट्रिजमा ९० जना नेपालीहरु कार्यरत छन् । त्यहाँ कार्यरत सबै जना कोभिड-१९ को उच्च जोखिममा छन् । उक्त ईडस्ट्रिजका मालिक डा.सुधिर रुपालिया सरकारका तर्फबाट युगाण्डाका लागि मार्नाथ दूतमा नियुक्त हुनुहुन्छ । तसर्थ मानार्थ सुधिरले सबै नेपालीहरु माथि अभिभावक भएर सहयोग गर्न हुनेछ भन्ने सबै नेपालीहरुले अपेक्षा राखेका छन् ।

एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।थापाले मृतकप्रति हार्दिक श्रद्दान्जली व्यक्त गर्दै शोक संतप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने उनि दोस्रो व्यक्ति हुन् ।

यसघि पनि अफ्रिकाको जोहान्सबर्गमा पाँचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।युगान्डामा कोरोना संक्रमणका कारण हालसम्म ६३ जनाको ज्यान गैसकेको छ । यसैगरी पछिल्लो तथ्याँक अनुसार युगान्डामा कुल संक्रमितको संख्या ६ हजार ४ सय ६८ रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्