अस्पतालको बेडबाट क्याप्टेन विजय लामाले दिए यस्तो मार्मिक सन्देश (भिडियो सहित)



काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत सबैलाई सो आग्रह गरेका हुन् ।

क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेको जानकारी दिँदै कोरोना लाग्दैमा भने, नआत्तिन आग्रह गरेका छन् । भिडियो सन्देशमा उनले भनेका छन्, मलाई कोरोनाले यति सिरियस पार्ला भन्ने लागेको थिएन तर चिकित्सकहरुको रिपोर्ट हेर्दा मेरो केस सिरियस रहेछ , म एकदमै कन्सेस भएको बेलामा त यति धेरै गाँजेको छ भने, यसलाई सामान्य रुपमा लिने मेरो मित्रहरुलाई ख्याल ख्याल नगरिदिन आग्रह गर्दछु ।

उनले जीवन रहे मात्र सबैथोक रहने भएकोले यस्तो केसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । क्याप्टेन लामाले आफू छिट्टै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने जानकारी दिएका छन् । उनले आफू स्वस्थ्य हुनुमा स्टार अस्पतालका सम्पूर्ण चिकित्सक टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यबाद व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्