थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा ९६६ जनाले कोरोना जितेसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । यो जम्मा संक्रमितमध्ये निको भएको ७२ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्