दुधमा १ चम्चा बेसार हालेर पिउने गर्नुहोस्, शरीरलाई गर्छ यस्ता ८ फाइदाहरु…



कमैलाई थाहा होला कि बेसार हालेको दुध खादाँ त्यसले शरीरलाई निकै फाइदा गर्छ । अझ अहिलेको समयमा त बेसार हालेको दुध पिउनु धेरै नै राम्रो हो । किनकी यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

आज हामी यहाँ बेसार हालेको दुधले शरीरलाई गर्ने फाइदाहरुबारे चर्चा गर्नेछौँ ।

–शरीरमा हामीलाई चोटपटक लागेमा बेसार हालेको दुध पिउँदा त्यसले घाउ छिटो निको हुन्छ । यसका साथै शरीर दुख्ने समस्या छ भने त्यसलाई पनि कम गराउँछ ।

–शरीरका अगंहरु सुन्निएका छन् भने त्यसलाई कम गर्छ ।

–दिमागलाई बलियो बनाउनुको साथै बेसा हालेको दुधले स्मरण शक्ति पनि बढाउँछ । त्यसका साथै मिठो निन्द्रा पनि प्रदान गर्छ ।

–धेरै महिलाहरुमा महिनावारी समयमा नहुने समस्या देखिएको हुन्छ । दैनिक १ गिलास बेसार हालेको दुध खादाँ त्यसले महिनावारी समयमा गराउँछ । साथै अनुहारका दागहरु पनि हटाउन मदत मिल्छ ।

–बेसार हालेको दुधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । क्यान्सर जोखिम पनि यस दुधले कम गराउँछ ।

–बेसार हालेको दुधले पाचन प्रणालीलाई बलियो बनाउनुको साथै एसिडिटी कम गराउँछ ।

–बेसार हालेको दुधमा मरिच पनि थोरै मिसाएर पिउँदा घाँटीमा देखिएका समस्या कम हुन्छ ।

–जिवाणुरोधी, एन्टिभाइरल, एन्टीफंगल जस्ता गुणहरु भएकाले यसको सेवन गर्दा फ्लु, चिसो, खोकी जस्ता समस्याहरु निको हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्