थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा ४ सय ४७ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । यतिबेला देशभर १७ हजार १२९ सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी थप ११ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्