बिहान सबेरै उठ्ने बानी बसालौँ– हुन्छन् यस्ता फाइदाहरु…



कोरोनाका कारण लामो समयसम्म लकडाउन भयो । जसका कारण हरेक स्तरका मानिसको दैनिकि फेरिएको हामी देख्न सक्छौँ । फुर्सदिलो भएकाले धेरै मानिसहरु आफ्नो समय सुतेर बिताउने गर्छन् आजभोली ।

अझ भनुम युवापुस्तामा त राती अबेर सुत्ने र बिहान पनि अबेर उठ्ने लत लागिसकेको छ । स्कुल, कलेज केही खुलेको नहुदाँ यस्तो बानी बसेको हो । तर बिहान अबेरसम्म सुत्नु स्वास्थ्यको लागि भने राम्रो होइन ।

यसले विभिन्न रोगहरु निम्त्याउन सक्छ । विशेष गरी धेरैबेरसम्म राति नसुत्दा, अध्यारोमा बस्दा यसले मानसिक रोग निम्त्याउने सम्भावना धेरै हुन्छ । त्यसका साथै राती अबेरसम्म नसुत्दा धुम्रपानको लत लाग्नसक्छ । धुम्रपान त्यसैपनि स्वास्थ्यको लागि हानिकारक नै मानिन्छ ।

बिहान सबेरै उठ्नु स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ । अझ सूर्य उदाउनु अघि उठेर व्यायाम गर्ने गर्नाले शरीर फुर्तिलो हुनुको साथै हामी स्वस्थ पनि हुनसक्छौँ । त्यसबाहेक बिहान सबेरै उठ्दा हामीले सबैभन्दा शुद्ध हावा पाउन सक्छौँ, जसले फोक्सो स्वस्थ रहन्छ ।

यसका साथै बिहान छिट्टै उठेर व्यायाम गर्ने व्यक्तिमा हृदय रोगको सम्भावना कम हुन्छ र शरीरमा रक्तसंचार सही रहन्छ । त्यसैले हामी सबैले आफूलाई स्वस्थ र फुर्तिलो राख्नको लागि बिहान सबेरै उठ्नु अत्यावश्यक छ ।

प्रतिक्रिया दिनुहोस्